Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

प्रधानमन्त्री दाहाललाई इजरायली राजदूत गोडरद्वारा हुलाक टिकट हस्तान्तरण


काठमाण्डौ, १६ असोज । संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनको भ्रमणबाट फर्के लगत्तै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि इजरायली राजदूत हनान गोडरले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।

भेटका क्रममा राजदूत गोडर र प्रधानमन्त्री प्रचण्डबीच प्रचण्डद्वारा हालै गरेको अमेरिका र चीन भ्रमण बारेमा कुराकानी हुनुको साथै नेपाल र इजरायल बीचको दुई पक्षीय सम्वन्धबारे छलफल भएको राजदूत गोडरले बताए ।

भेटका क्रममा राजदूत गोडरले सन् २०१० मा नेपाल र इजरायल सरकारद्वारा संयुक्तरुपमा प्रकाशित हुलाक टिकट संग्रह पनि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
सो हुलाक टिकटमा समुन्द्र सतहदेखि संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा (८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो) र सबैभन्दा होचो ठाउँ इजरायल र जोर्डनको वीचमा रहेको मृत सागर (माइनस ४३८ मिटर) को तस्वीर अंकित रहेको छ ।

Dead Sea seashore with palm trees and mountains on background


प्रतिक्रिया दिनुहोस !
विचार