Logo
२०८१, २३ भाद्र आईतवार
|  Sun Sep 8 2024

वर्चस्ववादको लपेट र चपेटमा मानव सभ्यता : डा.मनोज कुमार झा


वर्चस्ववादको लपेट र चपेटमा मानव सभ्यता, यो यस्तो यथार्थता हो जसलाई २ –४ हजार शब्दले व्याख्या विश्लेषण गर्न सम्भव हुँदैन होला । त्यसैले एकदमै संक्षिप्तमा प्रस्तुत गर्ने कुचेष्टा गर्दैछु ।

हाल सम्पूर्ण विश्वमा देखिएका घटना परिघटना, दृश्य परिदृश्य र यसले भविष्यमा पार्ने प्रभाव एकदमै डरलाग्दो, भयावह, विनाशकारी एवं विध्वंसकारी देखिदैछ, नेपाल र नेपालीको सन्दर्भमा भन्नुपर्दा झनै डरलाग्दो अवस्था छ, जुन हामी सबै सचेत मानव समाजले सहजै महसुस गरिरहेकै छौं ।

यसमा भन्न खोजिएको वर्चस्ववाद भनेको के हो त ?

पन्थ र ब्यक्तिगत विचार लाई धर्म भनेर प्रलोभनवादी प्रचारवादमा आधारित ब्यक्तिवादी वर्चस्वको थालनी गरियो, जसलाई वर्चस्ववाद भनिन्छ, जुन दानवीय छ ।

आास्तिक र नास्तिक, शाकाहारी र मांसाहारी, सापेक्ष र सापेक्षता र निरपेक्ष र निरपेक्षता, दलित र जनजाति, आदिवासी र मुलवासी, राष्ट्रवादी र देशभक्त, अधिकार र पहिचान, केन्द्रित र विकेन्द्रीकृत, संस्कार र सभ्यता, इतिहास र परम्परा, मौलिकता र संस्कृति, आधुनिकता र भौतिकवाद, अध्यात्म, ज्ञान, बिज्ञान र वेद, राष्ट्र, राज्य, देश, सत्ता, जनमत, जनचाहना, अभिमत, स्वायत्तता, आत्मनिर्णयको अधिकार, स्वाधीनता, स्वतन्त्रता, प्रतिनिधि, राजा, राजसंस्था, मित्र, संविधान, राज्य ब्यवस्था जस्ता कैयौं शब्दहरुको शाब्दिक अर्थ, तात्विक यथार्थता र उपयोगिता मा भिन्नता वा समानता बुझ्न नसक्नु वा बुझ पचाउनु अथवा नबुझाउनु नै आधुनिक दानवीय प्रवृत्ति हो, वर्चस्ववाद हो ।

 

यदि पन्थ नै मान्ने हो र कर्म प्रधान्ता एवं आधुनिकता र भौतिकवाद नै अङ्गाल्ने हो भने गीता नै सर्वश्रेष्ठ हो । किनकि आज वर्चस्ववादी बहसमा ल्याइएका वा मानव सभ्यतालाई विनाश गर्नेगरी अथवा हुनेगरी जबर्जस्त तरिकाले लाद्न खोजिएका आशमानी किताब र कुरान, बाइबल, माक्र्स लेलिन, माओ का बिचार सिद्धान्त, चानक्य, विवेकानन्द, ओशो रजनिश लगायत विश्व पटलका अन्य थुप्रै दार्शनिक, तर्कशास्त्री, धर्मगुरु, योगी महात्माका विचार, दर्शन, सिद्धान्तहरुको सारतत्व नै गीता हो । गीता कुनै धर्मग्रन्थ होईन, जिवनको सार तत्व हो । त्यस्तै, रामायण पनि कुनै धार्मिकग्रन्थ र धर्मग्रन्थ वा काल्पनिक कथा होइन, रामायण त इतिहास हो मर्यादाको, यसले मर्यादा, संस्कार, मानवता, पराक्रम, बिज्ञान, आविष्कार, राजनीति लगायतका जीवन उपयोगी यथार्थता सिकाउछ । हेक्का रहोस रावण एक प्रगाढ पण्डित, तन्त्र विज्ञानका ज्ञाता, त्रीलोक विजय महारथी महान पराक्रमी योद्धा, महान शिवभक्त थिए, रावणका माहिलो भाइ कुम्भकर्ण, भौतिक बिज्ञान र रसायन बिज्ञान का महान बैज्ञानिक एवं महा पराक्रमी महाशक्तिशाली योद्धा थिए भने रावणका कान्छा भाइ बिभिषण जीव बिज्ञान एवं आयुर्वेद का महान बैज्ञानिक थिए । त्यस्तै, ूमहाभारत पनि कुनै धर्मग्रन्थ वा काल्पनिक कथा होईन यसले राजनीति, कुटनीती, युद्धनीति, अर्थनीति, विदेशनीति, मित्रता, समर्पण, भाइचारा, कर्म प्रधानता, भौतिकवाद, नीति बिज्ञान, मानव जीवन, जीवनशैली लगायतका विविध विषयवस्तुहरु सिकाउछ ।

धर्म एउटै हो र त्यो हो मानवधर्म । वाद एउटै हो र त्यो हो मावतावाद । समानता र समानुपातिक प्रतिनिधित्व नै समाजवाद हो । सर्वोत्कृष्ट शासन ब्यवस्था भनेको जनतन्त्र हो, जनतान्त्रिक शासन ब्यवस्था हो । किनकि माथि उल्लेखित सम्पूर्ण विषयवस्तुहरुको समुचित ब्यवस्थापन र उचित समायोजन भनेको नै जनतन्त्र हो ।
पूर्णता र सम्पूर्णता भनेकै वेद र सनातन हो, बाँकी सब मिथ्या ।

( लेखक राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक हुन् )


प्रतिक्रिया दिनुहोस !
विचार