Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

कुमारी बैंकबाट दक्षिणा दिँदा क्यास ब्याक हुने


बडा दशैंका अवसरमा क्यास ब्याक अफर सञ्चालन गरिरहेको कुमारी बैंकले आज विजया दशमीका दिनका लागि आकर्षक अफर ल्याएको छ ।

आज मोबाइल बैंकमार्फत रकम स्थानान्तरण गर्दा पहिलो १४०० जना ग्राहकले ५० रुपैंयाँ क्यास ब्याक पाउनेछन् । तर, त्यसका लागि न्युनतम १०० रुपैंयाँ फण्ड ट्रान्सफर गर्नुपर्ने बैंकले जनाएको छ । बिहान ८ देखि राती ११ः५९ सम्मका लागि यो अफर सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

कुमारी बैंकले कात्तिक ६ देखि ११ गतेसम्मका लागि क्यास ब्याकका विभिन्न अफर सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार