टिकटकमाथि सरकारले लगाएको बन्देज बिरुद्ध सर्वोच्च अदालतमा विभिन्न ८ वटा रिट दर्ता भएका छन् ।
तिहार बिदापछि कार्यालय खुलेको पहिलो दिन शुक्रबार सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका हुन् ।
सर्वोच्चमा परेका रिटहरुमाथि आगामी मंसिर ४ गते सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल सहितका अधिवक्ताहरुले टिकटकमाथिको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले लगाएको बन्देज भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिट दायरपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चले सरकारको बन्देज खारेज गरिदिने विश्वास व्यक्त गरे ।