Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

बल्खुमा दुर्गा प्रसाई पक्षधर र युवा संघबीच झडप


दुर्गा प्रसाई नेतृत्वको अभियानले बल्खुमा आयोजना गरेको शक्ति प्रदर्शनमा युवा संघका कार्यकर्ताहरु मोटरसाईकल ¥याली सहित पुगेपछि झडप भएको छ । बल्खु पुलमा पुगेर युवा संघका कार्यकर्ताले मोटरसाईकलको आवाज ठूलो बनाउँदै नारा लगाएपछि दुई समुहबीच ढुंगा हानाहानको स्थिती सिर्जना भएको हो ।
झडपका क्रममा केही मोटरसाईकल र गाडीमा क्षति पुगेको छ । यसैबीच युवा संघका कार्यकर्ता र प्रसाईका समर्थकबीच झडप भएपछि प्रहरीले युवा संघका कार्यकर्ताहरुलाई त्यहाँबाट हटाएको छ । युवा संघलाई तिनकुने क्षेत्रमा प्रदर्शन गर्न भनिएको छ भने भने दुर्गा प्रसाई नेतृत्वको अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार