दुर्गा प्रसाई घरमै थुनिए
दुर्गा प्रसाईँ आफ्नै घरमा थुनिएका छन् । भक्तपुरस्थित आफ्नै घरमा दुर्गा प्रसाई थुनिएका हुन् । गणतन्त्रविरोधी गतिविधी सञ्चालन गर्दै आएका प्रसाईलाई प्रहरीले बाहिर निस्कन दिएको छैन । उनको घर बाहिर व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । आज काठमाडौंको तिनकुनेमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका प्रसाईलाई सरकारले शान्ति सुरक्षा खल्बल्याउन खोजेको भन्दै निगरानी गरिरहेको थियो । यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने प्रसाईकै सुरक्षाका लागि प्रहरीले निगरानी गरेको बताएको छ ।
यता तिनकुने प्रदर्शनका लागि भक्तपुरस्थित निवासबाट निस्कन लागेका प्रसाईलाई प्रहरीले घर बाहिर ननिस्किन भनेको दुर्गा प्रसाई नेतृत्वको अभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए । तिनकुने प्रदर्शनका लागि प्रशासनसँग कुनै अनुमति नलिएको भन्दै तिनकुने प्रदर्शनमा सरकारले रोक लगाएपछि दुर्गा प्रसाईले आफ्नै घरमा प्रेस मिट गरेर आफू जसरी पनि प्रदर्शनमा सहभागी हुने जानकारी दिएका थिए ।
सामाजिक सद्भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुने कार्यक्रममा यसअघि प्रतिबन्ध लगाएपछि प्रसाईले प्रतिबन्ध नमान्ने घोषणा गरेका थिए । आफू नागरिक बचाउनका लागि सडकमा जान खोज्दा आफूलाई रोक लगाइनु अधिनायकवादी काम भएको प्रसाईले बताएका छन् । घरमै आयोजित प्रेस मिटमा प्रसाईले भनेका छन् ः मलाई घरमै थुन्नुपर्ने कारण के ? यो देशका जनताका पक्षमा मैले बोल्न नपाउने ? बोल्न नपाउँने गणतन्त्र यो कस्तो गणतन्त्र ? आफू क्यान्सर सर्भाइभर भएको भन्दै उनले भने ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पु¥याउने एउटा भ¥याङ म पनि हुँ हिजो जनतालाई गरेको वाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पु¥याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दै छन ्। उहाँहरूका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन ्। उनीहरूले के पाए ?’
जनविरोधी सरकारले आफूलाई घरभित्रै थुनेर यातना दिइरहँदा पनि देशका मानवअधिकारकर्मीहरुले यो विषयमा नबोलेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए । यसैबीच तिनकुने क्षेत्रमा यतिबेला प्रहरीले केहीले पक्राउ गरेको छ भने त्यस क्षेत्रको सुरक्षा अवस्था पनि कडा पारिएको छ ।