Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

पूर्वराजा झापामा, अघोषित शक्ति प्रदर्शनको तयारी


पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । झापाको बिर्तामोडमा रहेको एउटा कलेजको उदघाटनका लागि पूर्वराजा शाह झापा पुगेका हुन् ।

शाहले आज दिउँसो झापाको विर्तामोडस्थित रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नेछन् ।

पूर्वराजा शाह झापा पुगेका अवसरमा राजसंस्था पक्षधरहरुले झापामा वृहत शक्ति प्रदर्शनको तयारी गरेका छन् । यसलाई कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित शक्ति प्रदर्शन भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार