Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

पूर्वराजालाई चुनौती दिएका गगनलाई ज्ञानेन्द्र शाहीको उल्टै चुनौती


पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूसँग चुनाव लडेर देखाउँन उल्टै चुनौती दिएका छन् । कांग्रेस महामन्त्री गगन थापाले गुल्मीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा बन्न मन भए पार्टी खोलेर चुनाव लड्न चुनौती दिए लगत्तै राप्रपाका नेता शाहीले गगन थापालाई उल्टै चुनौती दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा आक्रामक स्टाटस लेख्दै शाहीले भनेका छन् :
आज काङ्ग्रेसका महामन्त्री एंबम अमेरिकी परियोजना MCC पास गर्ने मुख्य पात्र मध्य एउटा पात्रले गुल्मीमा पुगेर राजा लाई चुनाब लडने चुनौती दिनु भएछ राजालाई चुनौती दिन पर्दैन हजुर तपाईंको चुनौतीको सामाना गर्न हामी तयार छौ र सामाना गरेका पनि हौ एक चोटि स्मरण गरनुहोस यहि चुनावमा रुपहेन्दीमा तपाईंका तत्कालिन गृहमन्त्री एंबम काङ्ग्रेसका शीर्षनेताको राप्रपा सङको पराजय अनि नवलपरासीमा तपाईंकै नेता एंबम पुर्ब गृह( राज्यमन्त्रीको पराजय अब भन्नुहोस् कुन ठाउँ कता बाट आउने चुनाब लडने हो हामी तयार छौ।
भारतको दिल्लीमा अमेरिकन र युरोपियन युनियनको सहयोगमा १२ बुदेँ दिल्ली सम्झौता ले ल्याएको बिदेशी ब्याबस्था ढल्दै गएपछी तपाईंका मालिक आतिएपछी तपाईं दिउसै बर्बराउनु स्वभाबिक हो हामिले यसलाई समान्य रुपमा लिएका छौ। तपाईले ले घरमा बाबू आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस आज हामी राष्ट्रपति ब्याबस्था नमाने पनि उतिकै सम्मान गर्छौ ।।

शनिबार गुल्मीमा गुल्मी कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै कांग्रेस महामन्त्री गगन थापाले राजसंस्था राजाहरुकै कारण गएको बताएका थिए । उतिबेला विपीसँग राजाले निहुँ खोज्नु नै राजसंस्था पतनको शुरुवात भएको थापाको भनाई थियो । अब गइसकेको राजसंस्था फर्कने कुनै सम्भावना नभएको भन्दै थापाले राजसंस्था फर्काउने रहर नै भए पार्टी खोलेर चुनाव लड्ने हिम्मत गर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिए । पूर्व राजा ज्ञानेन्द्र शाह झापाको एक कार्यक्रममा सहभागी भइरहेका बेला थापाले पूर्व राजा शाहले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । उनले भने, ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ, जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, (बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने (राजतन्त्र) फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार