उत्तेजक अभिव्यक्ति दिएको आरोपमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । काठमाडौंको गौशालामा भएको कार्यक्रममा भाषण गरेको केहीबेरमै आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।
दुर्गा प्रसाई नेतृत्वको अभियानले सञ्चालन गर्दै आएको आन्दोलनमा सहभागी हुन आफू पुराण छाडेर आएको उनले बताएका थिए ।
गौशालामा आयोजित कोणसभालाई सम्बोधन गर्नका लागि त्रिशुल सहित सेतो वस्त्रमा पुगेका आचार्य श्रीनिवासले अब दुर्गा प्रसाई एक्लो नभएको बताएका थिए । कोणसभालाई सम्बोधन गर्दै आचार्य श्रीनिवासले आन्दोलनलाई उपत्यकाले साथ नदिए तराईमा गएर नाकाहरु ठप्प पारिदिने चेतावनी दिएका थिए । यस्तै उनले दुर्गा प्रसाईले आन्दोलन बीचमै छाडेर गएको अवस्थामा उनलाई पनि आफूहरुले नछाड्ने बताएका थिए ।