संसदको चौथो ठूलो दल रास्वपाले पार्टी स्थापनादेखि हालसम्म करिब सवा ६ करोड रुपैंयाँ आम्दानी र ५ करोड रुपैंयाँ खर्च गरेको देखिएको छ ।
महोत्तरीको जलेश्वरमा जारी रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा रास्वपाका लेखा आयोगका प्रमुखले पेश गरेको आर्थिक प्रतिवेदनमा यस सम्बन्धी कुरा उल्लेख छ । पार्टीका शुभेच्छुकहरुका तर्फबाट प्राप्त सहयोग र सांसदहरुको लेबी आम्दानीको प्रमुख स्रोत भएको जनाइएको छ । यस्तै पार्टीको घरभाडा, विभिन्न कार्यक्रम लगाएतमा पार्टी स्थापनादेखि हालसम्म करिब ५ करोड रुपैंयाँ खर्च भएको जनाइएको छ ।