पछिल्लो समयका चर्चित अभियन्ता दुर्गा प्रसाई आइतबारदेखि बिदामा बस्दैछन् । आफ्नो स्वास्थ्योपचारमा केन्द्रित हुनुपर्ने भएकाले उनी केहीदिन आन्दोलनबाट बिदामा बस्न लागेका हुन् । क्यान्सर सर्भाइभर प्रसाईँ घाँटीमा देखिएको रोगको उपचारका लागि आन्दोलनबाट केहीदिन बिदामा बस्न लागेको उनी निकट स्रोतले जनाएको छ ।
आइतबार बिहान घरमै पत्रकार सम्मेलन गरेर प्रसाईले आफू आन्दोलनबाट केहीदिन बिदामा बस्न लागेको जानकारी दिँदैछन् । क्यान्सर सर्भाइभर प्रसाईले झापामा रहेको आफ्नै अस्पताल बिएण्डसीमा घाँटीको अप्रेसन गर्ने बुझिएको छ । अप्रेसनपछि केहीदिन आफूले बोल्न नमिल्ने भएका कारण करिब दुई साता आराम गर्ने र त्यसपछि फेरि आफ्नो प्रत्यक्ष उपस्थितीमा नै सडक तताउँने उनको योजना छ ।
यसैबीच प्रसाई आन्दोलनमा प्रत्यक्ष उपस्थित नभएपनि काठमाडौं लगाएत देशका विभिन्न स्थानमा आन्दोलन भने नरोकिने बताइएको छ । प्रसाईले अपरेसनका लागि झापा जानु अघिल्लो दिन ललितपुरको लगनखेल बसपार्कमा कार्यक्रम गरेर आफू नेतृत्वको आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।