Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

पूर्वराजा आफ्नै सचिवबाट पीडित, शनिबार दिउँसभर यस्तो सम्म भयो


पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नै संवाद सचिवबाट पीडित छन् भन्दा केहीलाई अनौठो लाग्न सक्छ । उनी पीडित छन् या छैनन् त्यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । तर, पूर्व राजा ज्ञानेन्द्र शाह भने उनको संवाद सचिवालयका सचिवहरुबाटै पीडित भएको बुझिएको छ । पूर्वराजाका तर्फबाट बेलाबखत सूचना र विज्ञप्ती निकाल्ने गरेका संवाद सचिवहरुबाट पूर्वराजा पीडित भएका हुन् । पूर्वराजाले संवाद सचिवका रुपमा आधिकारिक मान्छे राखेका छन् । तर, ती संवाद सचिवले निकाल्ने सूचना र विज्ञप्तीमा न कहिल्यै छाप हुन्छ न कहिल्यै लेटरप्याड न हस्ताक्षर । सादा कागजमा टाइप गरेका अक्षर उनी संवाद सचिवालयका तर्फबाट भन्दै बेलाबखत जारी गर्ने गर्छन् । जसकारण पूर्वराजा नचाहिँदो विवादमा तानिन्छन् । शनिबार त्यस्तै भयो ।
पूर्वराजाका संवाद सचिवले विज्ञप्ती जारी गर्दा अघिपछि पनि कुनै लेटरप्याड या छापको प्रयोग गर्ने गरेको भए शनिबार राजावादीहरुलाई त्यति तनाव हुने थिएन जति तनाव शनिबार दिउँसभर राजावादीहरुलाई भयो । पूर्वराजाका संवाद सचिवले यसअघि जारी गर्ने गरेको शैलीमा नै कोही कसैले एउटा सूचना जारी ग¥यो । र, त्यो सूचना फेक हो भन्दै राजावादीहरुले दिउँसभर सामाजिक सञ्जालमा श्यर गरिरहे । पूर्वराजाका संवाद सचिवले यसअघिका विज्ञप्तीहरुमा आधिकारिकता देखिनका लागि लेटरप्याड, छाप या हस्ताक्षरको प्रयोग गर्नुपर्छ भनेर सोचेको भए सायद शनिबार कोही कसैले सार्वजनिक गरेको सूचनाले त्यस्तो अर्थ राख्ने थिएन । मान्छेले सजिलैसँग बुझ्ने थिए कि यो फेक सूचना हो भनेर । तर, पूर्वराजाका तर्फबाट सूचना जारी गर्ने संवाद सचिवको पहिल्यैदेखिको कमजोरीका कारण पूर्वराजा र राजावादीहरु पीडित बनिरहे । शनिबार संवाद सचिवालयको सूचना भन्दै जारी भएको एउटा सूचनाले पूर्वराजा र राजावादीहरुलाई दिउँसभर तनाव भयो र अहिले पनि भइरहेको छ । उनीहरुले यो सूचना आधिकारिक होइन भन्दै सामाजिक सञ्जालमा श्यर गर्नुपरिरहेको छ । संवाद सचिवालयका तर्फबाट भन्दै शनिबार जारी भएको सूचनाको पूर्ण पाठ चाहिँ यस्तो थियो । जसलाई राजावादीहरुले फेक भनेका छन् ।

तर, यो सूचना फेक हो या आधिकारिक यसलाई कसले कसरी पुष्टयाईँ गर्ने । आफूलाई असली राजावादी हौं भन्नेहरुले फेक भन्दै शेयर गरेकै आधारमा फेक मान्ने या अरु केही आधारमा ? किनकि यसअघि पनि पूर्वराजाका तर्फबाट भन्दै जारी गरिएका कुनैपनि सूचनामा आधिकारिक त्यस्तो केही निशानी देखिदैनथ्यो । अहिले फेक भनिएको सूचनामा जस्तै न लेटरप्याड, न छाप न हस्ताक्षर । सादा कागजमा टाइप गरिएका अक्षर मात्रै हुन्थे ।
पूर्वराजाका तर्फबाट भन्दै सादा कागजमा बिना लेटरप्याड, बिना छाप र बिना हस्ताक्षरका विज्ञप्ती आउन थालेको वर्षौं भयो । तर, यसप्रति सोच्नुपर्ने संवाद सचिवले कहिल्यै सोचेनन् । जसकारण पूर्वराजादेखि लिएर राजावादीहरुसम्मलाई तनाव भइरह्यो । बिना हस्ताक्षरका विज्ञप्तीले समस्या निम्तिन सक्छ, कोही कसैले गलत पनि गरिदिन सक्छन् भन्ने सामान्य कुरा पनि नबुझ्नुपूर्व राजाको सचिवालयका मान्छेहरुको कमजोर या बलियो बुद्धि ? यो उनीहरु नै जानून् । राजा जस्तो मान्छेको विज्ञप्तीका लागि पनि कुनै हस्ताक्षर , छाप या लेटरप्याड चाहिन्छ र ? त्यति ठूलो मान्छेका तर्फबाट जे जस्तो गरेपनि हुन्छ नि भन्ने हो भने बेग्लै कुरा । अन्यथा राजसंस्था रहेका बेला राजाकै वरिपरीका मान्छेले राजालाई डुबाए भने जस्तै राजसंस्था नरहेका बेला पनि पूर्वराजालाई श्री ५, महाराज, सरकार या अरु यी र यस्तै केही चिल्ला शब्दले सम्बोधन गर्दै उनकै वरीपरीका मान्छेले डुबाउँछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार