Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

सांसद सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै


एनसेलले ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दाठूलो भ्रष्टाचार भएको दाबी गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो । मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ। सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको थियो ।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

एनसेलको शेयर खरिदबिक्रि प्रकरणमा ठुलो आर्थिक चलखेल भएको भन्दै राजनीतिक दलका शिर्ष नेताहरुले यसबारे छानविन गर्न माग गरिरहेका छन् भने सर्वोच्चमा दर्जनौं रिट दायर भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार