Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार पनि बस्दै


नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

माओवादी केन्द्रको पदाधिकारी बैठक हिजो मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको उनले बताए।

आजको बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले जानकारी दिए।

‘विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल भइरहेको छ। आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ उनले भने।

माओवादी केन्द्रले भदौ, असोज र कात्तिक तीन महिना ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गरेको थियो। त्यसैमा आधारित भएर प्रदेशले रिपोर्टिङ गरिरहेका हुन्।


प्रतिक्रिया दिनुहोस !
विचार