Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोले


पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार