Logo
२०८१, २३ भाद्र आईतवार
|  Sun Sep 8 2024

सहकर्मी महिला कर्मचारीलाई झापड हान्ने संसद् सचिवालयका उपसचिवलाई सोधियो स्पष्टीकरण


सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको हो।

गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा उनले महिला सहकर्मीलाई झापड हानेका थिए । संसद् सचिवालयको कर्मचारी प्रशासन महाशाखाले उनलाई सो प्रकरणमा स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

गैरेलाई सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये कुनै कारबाही गरिने उनले बताए । झापड हान्ने गैरेलाई कारबाहीको भागीदार किन नहुने भन्दै अर्को पत्र काटिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार