Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

कार्यकारी निर्देशक नियुक्तिका लागि आयल निगमद्धारा दरखास्त आह्वान


नेपाल आयल निगमले शनिबार एक सुचना प्रकाशित गरी कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले शनिबार सार्वजनिक सूचना प्रकाशित गरी निगमले दरखास्त आह्वान गरेको हो। सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिन भनिएको छ।

‘नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले’, सूचनामा भनिएको छ, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सम्बन्धित यो सूचना प्रकाशन गरिएको छ’,


प्रतिक्रिया दिनुहोस !
विचार