Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

चेल्सी र उल्भ्सको खेल आज बेलुका सवा ६ बजे शुरु हुने


इङ्ग्लिस प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

चेल्सी १७ खेलमा २२ अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । समान खेलमा १९ अङ्क रहेको उल्भ्स चौधौँ स्थानमा छ ।

गएराति भएको खेलमा आर्सनल र लिभरपुलले एक/एक गोलको बराबरी खेले ।

बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अङ्क छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३९ अङ्क छ ।


प्रतिक्रिया दिनुहोस !
विचार