Logo
२०८१, २९ कार्तिक बिहीबार
|  Thu Nov 14 2024

मेयर साम्पाङ चौतर्फी आलोचनाको घेरामा


धरानका मेयर हर्क साम्पाङले राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा प्रथम किराती राजा यलम्बरको तस्वीर राखेपछी उनको चौर्फी आलोचना भएको छ । उनले बिहीबार आफ्नो कार्य कक्षमा यलम्बरको तस्वीर राखेका थिए । स्वतन्त्र मेयर साम्पाङले धरान मेयर हर्क साम्पाङले मा अराजकता फैलाइरहेको भन्दै यतिबेला धरानका क्रियाशील राजनीतिक दलहरु उनी माथि खनिएका छन् ।

धरानका राजनीतिक दल एमाले, कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले मेयरको यस्तो कार्यशैली सह्य नहुने भन्दै संयुक्त प्रेस विज्ञप्ति नै जारी गरेका छन् । ५ दलले जारी गरेको प्रेस विज्ञप्ति पूर्ण पाठ यस्तो रहेको छ ।

मेयर साम्पाङ २०७९ मा सम्पन्न भएको निर्वाचनमा धरान उप महानगरपालिकाबाट निर्वाचित स्वतन्त्र मेयर हुन् । उनी मेयर बने लगतै बिभिन्न कारण आलोचित बन्दै आइरहेका छन् । उनले दर्जनौं भन्दा बढी मुद्धासमेत खेप्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार