
बालकुमारीमा शुक्रबार २ जना युवाको ज्यान जानेगरी भएको घटनाको विरोधमा माइतिघरको निषेधित क्षेत्र तोडिएको छ ।
रोजगारीको उद्देश्यसहित कोरियाको सपना बोकेका २ युवा शुक्रबार प्रहरीको आक्रमणबाट मारिएपछि त्यसैको विरोधमा आज प्रदर्शनकारीहरुले माइतिघरको निषेधित क्षेत्र तोडेका हुन् । गत मंसिर ७ गते दुर्गा प्रसाई नेतृत्वको अभियानले काठमाडौंमा आन्दोलनको घोषणा गरेपछि सरकारले काठमाडौंको माइतिघर सहित विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
माइतिघरलाई निषेधित क्षेत्र घोषणा गरिएपछि पहिलोपटक आज प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका हुन् । निषेधित क्षेत्र तोड्दै उनीहरुले रोजगारी मागेका युवाहरुलाई सरकारले गोली दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारको बर्बरताले पराकाष्ठा नाघेको भन्दै उनीहरुले मन्त्रीहरुलाई त्यस क्षेत्रको सडक प्रयोग गरेर हिँड्न नदिने घोषणा समेत गरेका छन् ।