Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

सुनको भाउ देनिक उकालो


सुनको भाउ दैनिक उकालो लागेको छ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार