
आज सुनको भाउ घटेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।