नेकपा एमालेले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गते देखी गर्ने भएको छ । हिजो (मंगलवार) बसेको (एमाले) जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन माघ २७ देखि २९ गतेसम्म तीन दिन गर्ने निर्णय गरेको हो ।
जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने (एमाले) पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायले बताए । दलितको हकमा भने बीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि अधिवेशनमा सहभागी हुन पाउने छन्।
एमालेले सार्वजनिक गरेको विवरणअनुसार दैलेखका ११ वटा स्थानीय तहमा पार्टीका ६ हजार ६५३ जना संठित सदस्य छन्।आठौँ जिल्ला अधिवेशनमा भने अहिलेको जिल्ला कमिटीका १०६ जना आयोजक हुने जनाइएको छ।
पार्टी कार्यालय सचिव उपाध्यायका अनुसार महाबु गाउँपालिकामा ३८७, नौमूले गाउँपालिकामा २०९, नारायण नगरपालिकामा ९८२, भगवतीमाई गाउँपालिकामा ३१९, डुंगेश्वर गाउँपालिकामा ५१९ र गुराँस गाउँपालिकामा ५१६ जना गरी एमाले दैलेखमा ६ हजार ६५३ संगठित सदस्य रहेका छन्।
यसैगरी आठबीस नगरपालिकामा ८१८ जना संगठित सदस्य रहेका छन्। ठाँटिकाँध गाउँपालिकामा ४५३ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा ७२२, दुल्लु नगरपालिकामा १ हजार २०२ र भैरवी गाउँपालिकामा ५१९ जना संगठित सदस्य रहेका छन्।