Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


हिजो घटेको सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने एकैदिन १३ सय रुपैयाँले घटेको हो ।

आज तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति मङ्गलवार तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो बुधबार तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो । आज भने १३ सय रुपैयाँ घटेको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार