गत शनिबार अमेरिकाको भर्जिनिया निवासी कृपा सिटौलाको १४ औं जन्मदिन थियो। अरु बेला केक काटेर जन्मदिन मनाउने कृपाले यसपटक भने छुट्टै अनुभव बटुलिन्। खुसी साट्ने एप ’सगून’मार्फत् बाजुराको सालिकग्राम बाल सुधार गृहका बालबालिकासँग भर्चुअलरुपमा जन्मदिन मनाउने उनले निधो गरिन्।
सोहिअनुसार शनिबार विहान एपमार्फत् उनका आफन्तजन र बाल गृहका बालबालिकाले उनको जन्मदिनको उत्सव मनाए। उनको जन्मदिनको उत्सव मनाउन सगून एपमा सय जना भन्दा बढी जोडिएका थिए। जसमा ९४ वर्षकी हजुरआमादेखि १४ वर्षकी बालिकासम्मले सजिलो गरी एपमार्फत् खुसी साट्दै उपहार दिन सफल भएका थिए।
उनलाई एपमार्फत् ४१ वटा गिफ्ट आएको थियो भने बालबालिकाले नाचगान गरेर उनको जन्मदिनको उत्सव मनाएका थिए। सगूनबाट प्राप्त भएका ती सबै गिफ्ट उनले बालबालिकालाई हस्तान्तरण गरेर अर्को खुसी साटिन्। यसरी सगूनले विश्वभर एपमार्फत् मानिसहरुलाई विभिन्न उत्सव मनाउन प्लेटफर्म प्रदान गरिरहेको छ। सगून एप खुसी साट्ने एप हो। एपले उत्सव मनाउन, उपहार आदानप्रदान गर्न र प्रिय व्यक्तिसँग वास्तविक–समयमा कुराकानी गर्न प्लेटफर्म प्रदान गर्छ।
प्रियजनसँग सम्पर्क गराउने र आफ्ना प्रियजसँग खुसी बाढ्नका लागि समेत सगुनले विशेष भूमिका खेलिरहेको छ। सगून एपमार्फत् विशेष अवसर (जस्तै जन्मदिन, चाडपर्व, नयाँ वर्ष, वार्षिकउत्सव आदि) मा आफ्ना साथी र परिवारसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै खुसी साट्न सकिन्छ। यस्तै त्यतिबेला उपहार र शुभकामना आदानप्रदान गर्न सकिन्छ। एप डाउनलोड नगरिकनै जो सुकैलाई पनि उत्सवमा सामेल हुन आमन्त्रित गर्न सकिन्छ।
एपले विभिन्न अवसरमा उपहारको विस्तृत चयनको साथ गिप्ट सपको समेत सुविधा दिन्छ। प्रत्यक्ष उत्सवको समयमा सहजै उपहारहरू पठाउन सकिन्छ। गत वर्ष लञ्च गरिएको यो एपमा अहिले लाखौं प्रयोगकर्ता जोडिइसकेका छन्। प्रयोगकर्ताले आफ्नो प्रियजनको विशेष अवसरको दिनमा खुसी साट्ने क्रममा प्रत्यक्ष रुपमा कुराकारी गर्ने गरेका छन् भने उपहारसमेत एपमार्फत् पठाउने गरेका छन्।
एप नेपाल र भारतमा लोकप्रिय बन्दै गएको छ। विभिन्न गैरसरकारी संस्थाहरुले परोपकारी रुपमा उपहार प्रदान गर्नका लागि एपको प्रयोग गर्न रुचाइरहेका छन्।