
सर्लाहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । दर्जनौ घाइते भएका छन् । सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा झडप भएको थियो ।
झडपलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर एकजनाको मत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो ।
प्रहरीका अनुसार मृतकको पहिचान भैसकेको छैन । झडपमा प्रहरीतर्फ सात जना घाइते भएका छन् ।
वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा आक्रोशित समूहले तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।