Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने


आज बस्ने भनिएको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

आजका लागि तय भएको बैठक आइतबारका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

राष्ट्रिय सभाका २० जना सांसदहरु आगामी फागुन २० गते बिदा हुँदैछन् । खाली हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार