Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

बैतडीको एक घरमा आगलागी हुँदा ५ लाखको क्षति


बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा माथिको क्षति भएको छ। शनिबार साँझ थलालको कच्ची घरमा आगलागी भएको हो ।

आगलागीबाट नगद १ लाख ५० हजार रुपैयाँ पैसा, १ तोला आठ आना सुन, खाद्यान्न सामग्री र ३५ हजार बराबरका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीको टोलीले स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन्।

विद्युतको तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार