Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

पशुपतिनाथ मन्दिरमा भुईँमा बसेर स्तनपान गराउनुपर्ने समस्याको अन्त्य


दुधे बालकलाई लिएर पशुपतिनाथको दर्शन गर्न आउने आमाहरुलाई लक्षित गरेर पशुपति विकास कोष क्षेत्रले आजदेखि स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । काखे शिशु लिएर मन्दिर दर्शन गर्न आउने आमाहरूले सडक पेटी र बाहिरी भुईँमा बसेर बच्चालाई स्तनपान गराउनुपर्ने समस्यालाई मध्येनजर गर्दै कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गर्नुभयो । स्तनपान कक्षको उद्घाटन गर्दै राज्यमन्त्री ठकुरीले अब स्वच्छ वातावरणमा बसेर आमाहरुले आरामसँग स्तनपान गराउन सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्तनपान कक्षबाट देशभित्र तथा बाह्य देशबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।’

त्यसै गरी मन्दिर परिसरमा स्तनपान कक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत ठाउँमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखे शिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएको पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !
विचार