Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

बुवाको खुकुरी प्रहारबाट सख्त घाइते छोराको मृत्यु


बुवाको खुकुरी प्रहारबाट सख्त घाइते भएका छोराको मृत्यु भएको छ । इलामको माई नगरपालिका–६ का दिलकुमार राईले खुकुरी प्रहार गर्दा सख्त घाइते भएका छोरा १८ वर्षीय जीवन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

मङ्गलबार साँझ सामान्य घरझगडाका क्रममा ३७ वर्षीय बावु दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारपछि गम्भिर घाइते भएका जीवनलाई स्थानियहरुले उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको थियो । उनको उपचारका क्रममा आज विहान ३ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जीवन दिलकुमारका एक्लो छोरा हुन् । उनी कक्षा ११ मा अध्ययन गर्दै थिए ।

घटना घट्नासाथ स्थानियहरुले दिलकुमारलाई पक्राउ गरी प्रहरी चौकी महमाईमा खबर गरेका थिए । महमाईबाट खटिएका प्रहरी टोलीले खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार