Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

मोटरसाइकलसहित वडाध्यक्ष मृत फेला


भीमदत्त नगरपालिकाका वडाध्यक्ष मोटरसाइकलसहित मृत फेला परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी जनाएका उनी आज बिहान मोटरसाइकलसहित मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले म १ प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए । बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार