Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

गौशला २६ भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक, ब्यूरोले थाल्यो अनुसन्धान


गौशला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि गौशला २६ भन्दै पिडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ ।

सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक भएपछि ती युवतीले तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरीमा उजुरी समेत गरेकी छिन् । प्रहरी मै उजुरी परेकाले तस्वीर राख्नेहरुको खोजी भइरहेको ब्यूरोका एसपी पशुपति रायले बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार