Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

मातृ शोक सेलाउन नपाउदै मन्त्री लिम्बूलाई पत्नी शोक


मातृ शोकबाट विक्षिप्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई फेरी पत्नी शोक परेको छ । केही महिना अगाडी मात्रै उनकी आमाको निधन भएको थियो । आज बिहान उनकी श्रीमती गंगा लिम्बूको निधन भएको हो ।

क्यान्सरबाट पीडित गंगाको ५८ वर्षको उमेरमा आज बिहान १ बजेको समयमा मोरङको लेटाङस्थित आफ्नै घरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए ।

श्रीमतीको निधन भएपछि मन्त्री लिम्बू मोरङस्थित घर आउँदैछन्। उनीहरुको एक छोरा र एक छोरी छन्।

उनको अन्त्येष्टि आजै गरिने स्वकीय सचिव राईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार