Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

जनकपुरधामका सबै विद्यालय बन्द


जनकपुरधामका विद्यालयहरु बन्द हुने भएको छ । शीतलहर सुरु भएकाका कारण जनकपुरधाम उपमहानगरले सम्पूर्ण विद्यालयहरू बन्द गर्ने भएको हो।​

विगत एक सातादेखि बिहानदेखि चिसो हावासँगै शीतलहर चलेका कारणले जनजीवन नराम्ररी प्रभावित बनेको छ।

उपमहानगरले हिजो (बिहीबार) सुचना सार्वजनिक गर्दे पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको हो।

अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !
विचार