Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

चित्लाङमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु


चित्लाङ सडक खण्डमा आज दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत सेतो पहरामा जिप दुर्घटना भएको हो।

नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार दुई जना गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइँदैछ ।

मृत्यु भएकाहरुको पहिचान भइसकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !
विचार