Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

अब यो देशमा अन्तिम चोटि फाइनल पार्टी खोलिने छः साम्पाङ


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ मिलेर नयाँ पार्टी खोल्ने हल्ला बजारमा चलिरहेका बेला धरानका मेयर हर्क साम्पाङले आफुले पार्टी खोल्ने घोषणा गरेका छन् । साम्पाङले आइतबार सामाजिक सञ्जाल फेस्बुकमा स्टाटस लेख्दै अब देशमा अन्तिम चोटि पार्टी खोल्ने र त्यसपछि कुनै पनि पार्टीको आवश्यकता नपर्ने भन्दै स्टाटस लेखेकेका हुन् ।

सामाजिक सञ्जाल फेस्बुकमा एकैदिनमा दर्जनौं भन्दा बढि स्टाटस लेखिरहने साम्पाङले आइतबार आफुले पार्टी खोल्ने कुरा पनि फेस्बुक स्टाटस मार्फत नै घोषणा गरेका छन् । मेयर साम्पाङले फेसबुकमा लेखेका छन्ः ‘अब यो देशमा अन्तिम चोटि फाइनल पार्टी खोलिनेछ ! त्यस पछि कुनै पार्टी खोलिरहन पर्ने औचित्य रहने छैन ! फुल एण्ड फाइनल भेरजन अफ नेपाल हुनेछ !’

उनको स्टाटसमा धेरैले प्रतिकृया दिएका छन् । कतिले समर्थन गरेका छन् भने कतिले विरोध गरेका छन् । केहिले शुभकामना र सल्लाह दिएका छन् । पक्ष विपक्षमा धेरैले आ-आफ्ना धारणा राखेका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन अधिकारी नाम गरेका व्यक्तिले लेखेका छन् । ‘कसैले मिठोमिठो मात्र बोले तर काम गरेनन्, तपाईले काम गर्नुभयो तर मिठो बोल्नुभएन, हामी जनताले काम पनि गर्ने, मिठो पनि बोल्ने नेता नपाउने नै हो त ? उग्र अभिव्यक्ति छोडेर काम गर्नुस्, शालीन हुनुस् हामी सबै पछि लाग्नेछौं, शुभकामना ।’

त्यसै गरी अर्का व्यक्ति सुनिल दिप्ता राईले लेखेका छन् । ‘सही काम गर्ने र प्रतिवद्वता मुताविक कार्य सम्पादन गर्ने नेतृत्व खोजेको छ जनताले । त्यो तपाईं र बालेनमा देखिन्छ । तर, अहिलेको गणतन्त्रलाई अझ सुधार गर्दै र प्रत्यक्ष कार्यकारीको एजेण्डा सहित आउनु पर्ने हुन्छ शुभकामना मेयर साव!’

अमृत खरेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन् । ‘पार्टी खोल्नु र देशका लागि राजनीति गर्न पाउनु सबै नागरिकको अधिकार हुनाले तपाईँलाई शुभकामना छ। तर अन्तिम पार्टी त्यसपछि अरूले खोल्नै नपाउने भन्ने निषेधात्मक कुरा चाहिँ एकदलीय मानसिकता भयो। यो लोकतान्त्रिक र बहुदलीय मानसिकता भएन ।’

त्यस पछि उनले रास्वपाले चुनाव चिन्ह सहितको ब्यानर राखेरै धरानको कर प्रणालीको विरोध गर्नु भनेको धरानको बिकास प्रणालीको विरोध गर्नु भएको भन्दै स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्ः ‘रास्वपाले चुनाव चिन्ह सहितको ब्यानर राखेरै धरानको कर प्रणालीको विरोध गर्नु भनेको धरानको बिकास प्रणालीको विरोध गर्नु हो किनकि कर संकलन गरेर बिकास गर्ने हो ! थोरै बिकास भयो भनेर गुनासो गर्नु किन कर नै उठाउँदा विरोध गर्छन् भने ? रास्वपा भोट कै लागि मात्रै रैछ बिकासको विरोध गर्दो रैछ भन्ने कुराको यो भन्दा पोख्त प्रमाण अरु केही चाहिँदैन ! कुनै नयाँ नीति कार्यक्रम छैन त्यहाँ बश सत्ता !’

जसमा कतिपयले हर्कले बढी बोल्न थालेको भन्दै आलोचना गरेका छन् भने कतिपयले समर्थन गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार