Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

त्रिशूली नदीबाट जीप निकालियो, मान्छेको खोजी हुँदै


मंगलबार त्रिशूली नदीबाट प्रहरीले भारतीय प्लेट नम्बरको गाडी निकालेका छन् । बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको हो।

नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो ।

गाडीमा कती जना सवार थिए भन्ने बारे एकिन नभएको पनि प्रहरीले जनाएको छ । मान्छे फेला नपरेको हुनाले अहिले नै के कति क्षती भएको हो र कसरी दुर्घटना भयो भन्ने बारे अहिले नै भन्न नसकिने प्रहरीको भनाइछ । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो पिकअपको चालक भारतीय नै हुन सक्ने प्रहरीको अनुमान छ ।

चालक पनि सकुशल रहेको, भिजेको र डराएको अवस्थामा एक व्यक्ति जीप खसेको स्थानबाट ट्रक चढेर नारायणगढतर्फ गएको भनेर एक व्यक्तिले प्रहरीसँग भनिएकोमा भारतिय कोहि त्यसतो व्यक्ति आएमा सोधपुछ गर्नका लागि सबै प्रहरी युनिटमा सर्कुलर गरिएको पनि प्रहरी कार्यलय चितवनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार