Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै


मधेश सरकारले आज (बुधबार) स्वभिमान दिवस मनाउँदैछ। मधेशले प्रदेशको नामकरण भएको दिनको सम्झनामा आज स्वाभिमान दिवस मनाउन लागेको हो ।

२०७८ माघ ३ गते ​तत्कालीन प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम तय भएको थियो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आज स्वाभिमानी दिवस मनाउने कार्यक्रम रहेको मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयले जनाएको छ।

यो अवसरमा मुख्यमन्त्री यादवले एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण समेत सार्वजनिक गर्ने छन्। २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ मा शपथ लिएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार