Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


धादिङको खनियावासमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

हिजो (बुधबार) साँझ खनियावास गाउँपालिका–५ च्युल्वामामा दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा एक जनाको मृत्यु भएको र अन्य तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

ट्रकमा सवार खनियाबास–५ सिमीका ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परी ट्रक चालक सिमीकै ४९ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीया मरूमायाँ तामाङ र २४ वर्षीया शर्मिला तामाङ घाइते भएका छन्।

घाइतेहरुको नुवाकोटको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १५ मिटर तल खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार