Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात


मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका उनीमाथि लोकतान्त्रिक चोकमा आज हातपात भएको हो ।

प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए ।

सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

प्रसाईलाई यसअघि काठमाडौमा युवा संघका कार्यकर्ताहरूले कालोमोसो छयापेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार