स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट पक्राउ गरेको छ ।
अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु रहेको राजश्व अनुसन्धान विभागका एक कर्मचारीले जानकारी दिए ।
बरामद रकम हुण्डी कारोबारको हुनसक्ने विभागको अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।
अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् ।
पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।