Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

राजासंस्थाको विरोध गर्दा थाइल्यान्डमा एक नागरिकलाई ५० वर्ष जेल सजाय


राजसंस्थाको विरोध गरेको भन्दै थाइल्यान्ड एक व्यक्तिलाई ५० वर्ष जेल सजाय तोकिएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा राजसंस्थाको आलोचना गर्दै पोस्ट गरेको स्टाटसले राजा र राजसंस्थाको अपमान भएको भन्दै ती व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो ।

मुलुकको कडा शाही अपमानविरोधी कानुनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो ।

३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्‍याएको हो ।

अब उनको कुल कारागार सजाय ५० वर्ष पुगेको छ


प्रतिक्रिया दिनुहोस !
विचार