बोक्सी भन्दै हत्या गरेर फरार रहेका दुई आरोपीलाई १५ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरबाट खटिएको प्रहरीले काठमाडौंमा १५ वर्षदेखि लुकीछिपी बस्दै आएका काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।
हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा काठमाडौंबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताए ।
प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।