युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । प्रचण्ड आइतबार बिहान स्वदेश फर्किएका हुन।
माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आइतबार बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन् ।
उनी सवार विमान अवतरण गर्ने क्रममा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको थियो ।