Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव


प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीसंग सुझाव लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा दलित आयोग, आदिवासी जनजाति आयोग, महिला आयोग, मधेसी आयोग लगाएतसंग सुझाव लिएको हो ।

उनीहरुले शिक्षा प्रणालीलाई एकैप्रकारको बनाउनुपर्ने, छात्राहरूको भर्नादर बढाउन विशेष कार्यक्रम बनाउनुपर्ने लगाएतका सुझाव दिएका थिए । महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बिद्यालय व्यवस्थापन समिति समानुपातीक संख्यामा महिलाको सहभागीता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै अन्य आयोगका प्रतिनिधिहरुले विद्यालय तहमा पाठ्यक्रममा सवै जातजाती भेषभुषाको ज्ञान हुने गरि बिकसित गर्नुपर्ने सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार