तपाई भिजिट भिसामा विदेश जाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सरकारले गरेको नयाँ निर्णयले केही असर गर्न सक्छ । एक पटक सरकारले लागु गरेको नयाँ नियम र निर्णयबारे बुझ्नुहोस् । के–कस्ता कागजातको आवश्यकता पर्दछ ? कसरी जान सकिन्छ ? के–कस्ता नियमहरु लागु भएको छ । यस बारे जानकारी लिन आवश्यक छ ।
भिजिट भिसाका नाममा सेटिङ र ठगी बढेको ठहर गर्दै गृह मन्त्रालयले आज बुधबारदेखि लागू हुनेगरी १३ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा विदेश जानका लागि आवश्यक पर्ने कागजातबारे सरकारले स्पष्ट पारेको हो ।
भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको छ । १३ बुँदे नयाँ कार्यविधिमा निम्न नियमहरु रहेका छन् ।