Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

संसद विघटनको कदमबारे राय लिन सभामुखले संविधानविद्हरूलाई बोलाए


सभामुख अग्नि सापकोटाले असंवैधानिक संसद् विघटनबारे कानुनी परामर्श गर्नका लागि आज दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी उनले संविधानविद् एवं न्यायिक क्षेत्रका विज्ञहरूलाई बोलाएका छन् ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सापकोटाले विज्ञहरूसँग संसद्को असंवैधानिक विघटनबारे राय लिनेछन् ।

८ जेठमा प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद् विघटन गरेका थिए । त्यसअघि ५ पुसमा उनले संसद् भंग गरिदिएका थिए । तर, ११ फागुनमा सर्वोच्चले संसद् पुनस्र्थापित गरिदिएको थियो ।

त्यसपछि ओलीले संविधानका धारा नाघेर पुनः संसद् विघटन गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

सभामुख सापकोटाले प्रधानमन्त्रीको यो कदम असंवैधानिक भनेका छन् । यसबारे विज्ञका राय लिएर अघि बढ्न सभामुखले छलफल गर्न लागेका उनका प्रेस सल्लाहकार न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार