Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

साउदी अरबद्वारा अवैधरुपमा बस्ने कामदारलाई देशनिकाला, नेपाली नागरिक पनि निकालिए


साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देश निकाला गरेको छ । साउदी अरबबाट निकालिनेमा नेपाली कामदार पनि रहेको छ । तर, नेपाली कामदारको संख्या भने खुलाइएको छैन । देश निकाला हुनेमा सबैभन्दा बढी यमनी र इथोपियन नागरिक रहेका छन् ।

साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सुचनाका अनुसार साउदीले देशको नियम विपरीत अवैधरुपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीब्रता दिएको हो। पछिल्लो एक साता भित्र मात्रै १९ हजार जनालाई पक्राउ गरेको स्रोतले बतायो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानुन उल्लंघन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लंघन गरेका छन् ।

साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सुचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ । ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धीत देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्रचार गरिएको जनाएको छ ।

रियाद स्थित नेपाली दूतावासका अनुसार साउदी रोजगारदाताहरुले नेपाली कामदारको भिसा नविकरण नगरिदिने, समयमा नपठाइदिने र बिना भिसा काममा लगाइदिने भएकोले कामदारहरु कानुनी परिबन्दमा पर्दै आएका छन् । जसले गर्दा नेपाली कामदारहरुले बिभिन्न समस्या भोग्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार