Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएपछि चौतर्फी आलोचना


रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले आइतबार रामेछापको सदरमुक्काम मन्थली बजारमा निषेधाज्ञा लागु गरेपछि यसको विरोध भएको हो ।

अधिकारी निरौलाले जिल्लाको मुख्य केन्द्र तथा मुख्य आगमन मार्गहरुमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता कार्यक्रम गर्न नपाइने भन्दै एक सुचना जारी गरेकी छिन् ।

आन्दोलन वा विरोधका कार्यक्रमहरु आयोजना गर्दा शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै आइतबार मन्थलीबजारमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषिविकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न नपाईने भनि सुचना जारी भएको छ ।

सुचनामा जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ बमोजिम निषेधाज्ञा जारी गरेको बताइएको छ ।

प्रशासनले हचुवाको भरमा एक्कासी निषेधाज्ञा जारी गरेको भन्दै यसको आलोचना भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार