Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

‘मेरो रुख म काट्छु’ अभियानबाट पछि हटे अध्यक्ष पाण्डे


बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् ।

उनले सोमबार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र आफैं काट्न वडावासीका नाममा सूचना जारी गरेका थिए । उक्त सूचना प्रकाशित गरेसँगै सामाजिक सञ्जालमा वडाध्यक्षको आलोचना भएको थियो । चौतर्फी आलोचना भएपछि महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको थियो ।

वडाध्यक्ष पाण्डेले मंगलबार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना रद्द भएको जानकारी गराएका छन् ।

सोमबार जारी भएको सूचनाः


प्रतिक्रिया दिनुहोस !
विचार